भीमफेदीबाट ७ बालश्रमिकको उद्धार

काठमाडाैं | भदौ ३१, २०८१

भीमफेदीबाट ७ बालश्रमिकको उद्धार

बागमती:   श्रम तथा रोजगार कार्यालय हेटौँडाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीस्थित विभिन्न होटलबाट आज सात बालश्रमिकको उद्धार गरेको छ ।

 

अनुगमननका क्रममा होटलमा बालश्रमिक राखेको पाइएपछि उनीहरुको उद्धार गरी बालश्रमिक राख्ने होटल सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 

होटल सञ्चालकले बालबालिकालाई होटलमा विभिन्न काममा लगाउने गरेको पाइएको उहाँले बताउनुभयो ।

 

आर्थिक वर्ष २०८०/८१ मा ३५ बालश्रमिकको उद्धार गरी उनीहरुलाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा ९५ उद्योग प्रतिष्ठानको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो ।

 

प्रमुख श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु तीन लाख ९१ हजार क्षतिपूर्ति तिराइएको थियो ।

 

दुई क्विन्टल गाँजासहित दुई युवक पक्राउ प्रहरीले मकवानपुरको हेटौँडाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

 

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा२१च ५२२६ नम्बरको पिकअप भ्यानमा लुकाइछिपाइ लगिरहेको दुई क्विन्टल २३ किलो गाँजासहित धादिङको थाँक्रे गाउँपालिका–४ का ३४ वर्षीय चालक जीवन मगर र गाडीमा सवार सोही गाउँपालिका–६ का ३० वर्षीय प्रदीप क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्